Ads

नदी नियन्त्रणमा ‘प्रोकोपाईन’ प्रविधि


सुनसरी\ सप्तकोशी नदीको पूर्वी तटबन्ध किनार क्षेत्रमा लगाएको प्रोकोपाइनले पानीको बहाव मात्रै रोकेको छैन, कोशीको धारै परिवर्तन गर्दै आएको छ । वर्षाको बाढीसँगै बगेर आउने बालुवा, माटो, लेदो, ढुङ्गा गेगरलाई रोकेर कटान हुनबाट जोगाउने काम प्रोकोपाइनले गर्दै आएको छ । प्रत्येक वर्ष वर्षाको चार महिना (जेठ, असार, साउन र भदौ) कोशी आसपास वर्षांैदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दामा भएको डर र चिन्तालाई समेत प्रोकोपाइनको कामले केही राहत दिएको छ ।

प्रत्येक वर्ष वर्षा याममा कोशीले के गर्ने होला भन्दा पनि भारतीय (कोशी पोजेक्ट) ले यसपालि पूर्वी तटबन्धमा कतिको राम्रो काम ग-यो भन्ने चिन्ता स्थानीय बासिन्दामा रहन्छ ।

के हो प्रोकोपाइन प्रविधि ?  

नदी किनारको तटबन्ध जोगाउन, पानीको बहावलाई रोक्न बालुवा, गिट्टी, सिमेन्ट र रडको प्रयोग गरेर बनाएको तीन वटा पिल्लरलाई त्रिभुज आकारमा नट भोल्टले कसेर बनाएको त्रिखुट्टी नै प्रोकोपाइन हो । प्रोकोपाइन लहरै हालेर बाँस अड्काएपछि बालुवा, गिट्टी, ढुङ्गा (ग्रेगर) प्रोकोपाइन मुनि थिग्रिन्छ र तटबन्धलाई मजबुत बनाउँछ ।

कटान लाग्दैछ भने पानीको बेग रोक्न प्रोकोपाइन लगाइन्छ । प्रोकोपाइन लगाएको ठाउँमा बालुवाले सिल गर्छ र कटान रोक्ने काम गरेको कोशी योजना विराटनगरका सम्पर्क तथा भूआर्जन अधिकृत प्रमोद पौडेलले बताए ।

Ads

सम्बन्धित पोष्टहरू