Ads

सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेण्ट रुक्मिना रिहा


काठमाडौं । साउन ३ गते बरामद् भएको एक क्वीन्टलभन्दा बढी सुन तस्करीमा संलग्न भएको आशंकामा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा रिहा भएकी छिन् । उनी क्यान्सरबाट पीडित भएको हुनाले मानवीय कारण जमानीमा रिहा गरिएको हो ।

बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जमानीमा रिहा गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार घाँटीको क्यान्सरबाट पीडित रुक्मिनालाई उपचारका लागि रिहा गरिएको हो ।

घाँटीमा क्यान्सर देखिएकोले उनी उपचार गराइरहेकी छिन् । किमो थेरापी गर्नुपर्ने देखिएपछि उनलाई रिहा गरिएको अधिकारीले बताए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू