Ads

आजकाे माैसम : देशका विभिन्न स्थानमा वर्षाको सम्भावना


काठमाडाैं। नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। साथै मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा छ। सोही मौसमी प्रणालीका कारण आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ।

लुम्बिनी, गण्डकी, र बागमती प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ। राति पनि बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ।

Ads

सम्बन्धित पोष्टहरू