Ads

गौर हत्याकाण्ड: गृहसचिवको नेतृत्वमा वार्ता टोली बनाइने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउने बताएका छन् । गौर हत्याकाण्ड पीडित संघर्ष समितिको टोलीसंग सनिबार बिहान बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री दाहालले छिटै गृह सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति साथ अगाड़ी बढ़ने प्रतिबद्धता जनाएका हुन् ।

भेटमा सहभागी जनता पार्टी आजपा का अध्यक्ष प्रभु साहका अनुसार प्रधानमन्त्रीले पीडितको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छनु । गौर हत्याकाण्डका दोषीलाई कानूनबमोजिम अविलम्ब कारबाही गर्न माग गर्दै उक्त हत्याकाण्डका पीडितहरुले आन्दोलन देखी अनसनसम्म बसिरहेका छन् ।

उनिहरुले अमानवीय र विभत्स हत्या गर्ने गौर हत्याकाण्डका हत्यारा अपराधीहरुलाई वर्षौंसम्म अनुसन्धानको दायरामा ल्याई कारबाही नगर्नाले पीडितहरुको पीडा बोध भएको बताएका छन् ।

विसं २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा दिउँसो १:४५ बजे तत्कालीन नेकपा माओवादीले गरेको सभामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले आक्रमण गर्दा २८ जनाको मृत्यु भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू