काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्षमा रोशन थापाले पुनः उम्मेदवारी घोषणा गरेका छन । संघको एघारौं महाधिवेशन आगामी अक्टोबरमा हुँदैछ । विगत लामो समयदेखि जापान र अफ्रिकालाई आफ्नो कर्मथलो बनाएका थापा अनुभवी र सम्भावना बोकेका एनआरएनए युवा मानिन्छन् ।
२ दशकअघि अध्ययनका लागि जापान पुगेका थापा अहिले सफल व्यावसायी बन्न सफल भएका छन् । अटो मोबाइल र रियलस्टेट व्यवसायी समेत रहेका थापाले जापानको एडवा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा मास्टर डिग्री हासिल गरेका छन् । उनले जापानमा इन्स्योरेन्स क्षेत्रमा पनि लगानी गरेका छन् । नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा समेत थापाको लगानी रहेको छ ।
थापासँग यसअघि एनआरएनए ताम्जिनियाको दुई कार्यकाल अध्यक्ष गरेको अनुभव पनि छ । उनले एनआरएनए अफ्रिकी क्षेत्रको संयोजक समेत भएर काम गरिसकेका छन् । छोटो समयमै विश्वभर आफ्नो लोकप्रियता कमाएका थापाले युवा उपाध्यक्षमा दोहोरिने घोषणा गरेपछि एनआरएनएमा चुनावी चहलपहल शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्