Ads

पाँच सय घण्टीको महाघण्टी


धनकुटा\ धनकुटाको निसान मन्दीर परिसरमा एक घण्टी छ । जो धार्मिक पर्यटकको लागि निक्कै आकर्षक छ । निसान मन्दिर पुग्ने मात्र नभइ धनकुटा पुग्ने जोकोही सो घण्टीमा फोटो नखिचि फर्कदैनन् ।

सो घण्टी आकर्षण बन्नुको कारण हो– साना–साना घण्टी जोडेर बनाइएको एक महाघण्टी । सो घण्टी साना करिब पाँच सयभन्दा बढी घण्टी जोडेर निर्माण गरिएको निसान मन्दिर ब्यबस्थापन समितीका सचिब जनार्दन घिमिरेले जानकारी दिए ।

यो घण्टीको तौल करिब १ सय ५० किलो भन्दा बढी छ । हेर्दा आकर्षक लाग्छ । यो घण्टी २०७७ सालमा निर्माण गरिएको स्थानीयको भनाइ छ । जतिबेला मन्दिर पुनःनिर्माणको क्रममा थियो, साना घण्टी मन्दिरको ब्यबस्थापनमा नै चुनौती थपिएपछि सबै घण्टी नस्ट गर्ने तयारी गरिएको थियो ।

घण्टी मास्दा ऐतिहासिक घण्टी समेत मासिने भएपछि बिकल्पको रुपमा महाघण्टी बनाउने सोच आएको घिमिरेले बताउनुभयो । सो घण्टीमा बि.स. १९३१ साल अघिदेखिका घण्टी संग्रहित छ । अहिले घण्टीको कारण पुराना घण्टीको संग्रह मात्र भएको छैन, मन्दिरको शोभा बढ्नुको साथै परिचय पनि थपिएको घिमिरेको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू