Ads

डोल्पामा ट्याक्टर दुर्घटनामा परी सातजना घाइते, दुईको अवस्था गम्भीर


काठमाडौं । डोल्पामा ट्याक्टर दुर्घटनामा परी सातजना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर भएको छ । जिल्लाको ठुलिभेरी नगरपालिकाअन्तर्गत पर्ने मोतिपुरमा ठुलीभेरीको भित्तिबाट बालुवा बोकेर दुनैतर्फ आउँदै गरेको रा १ त ३५७८ नंम्बरको ट्याक्टर शनिबार साँझ दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक नवीन प्रकाश चापागाईंका अनुसार घाइतेहरुको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ । दुईको अवस्था भने अत्यन्त गम्भीर रहेको जानकारी प्रहरी निरीक्षक चापागाईंले दिए ।

ट्याक्टर चालक सुरज बोहराले भित्तिमा अत्यधिकमात्रामा मादकपदार्थ सेवन गरेर चलाएकाले दूर्घटना भएको प्रारभ्मिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू