Ads

डेंगी संक्रमणबाट मृत्यु


बिर्तामोड\ बिर्तामोडमा डेंगी संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसहित साउन महिनामा डेंगी संक्रमणबाट बिर्तामोडमा दुईजनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक डेंगी संक्रमणबाट बिर्तामोड ५ का ४४ वर्षिय बिचन्द्र लावतीको मृत्यु भएको हो । उनको केही दिनदेखि बीएण्डसी हस्पिटलको आइसियु भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

यसअघि साउनको पहिलो साता बिर्तामोड– ५ कै ४४ वर्षिया मदिना खातुनको डेंगी संक्रमणबाट मृत्यु भएको थियो । डेंगी पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको परिवारले जनाएको छ । बिर्तामोडका अस्पतालहरुमा डेंगीका विरामीहरु भरिन थालेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू