Ads

तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते


काठमाडौं । उदयपुरमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुको साथै दुईजना घाइते भएका छन् । जिल्लाको त्रियुगा नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएकाहुन् ।

शनिबार  बेलुका साढे ९ बजे प्र.१–०२–०४४ प ८८९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल पछाडि सवार त्रियुगा ६ जलजले का २५ वर्षीय सुदीप चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुर गाईघाटमा मृत्यु भएको हो ।

घाइते भएका चालक त्रियुगा( ६ का २२ वर्षीय पंकज चौधरी र २७ वर्षीय मुकेश चौधरीलाई थप उपचारको लागि विराटनगर लगिएको छ । उनीहरु तीनै जना एउटै मोटरसाइकलमा सवार रहको उदयपुर प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू