Ads

सिन्धुपाल्चोकका बासिन्दा त्रासमा रहन बाध्य


सिन्धुपाल्चोक \ सिन्धुपाल्चोकका दर्जनौ वस्ति बाढी, पहिरोको उच्च जोखिममा रहेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेस्थित खोर्सानीबारीदेखि तातोपानीको लिपिङसम्मका बस्ती दुईवटा साँघुरा पहाडको बीचमा बग्ने भोटेकोशी नदीको किनारमा छन् ।

भोटेकाशी र ठाडो खेलामा आउने बाढी एवं पहिरोका कारण अधिकांश बस्ती जोखिममा छन् । यहाँ बाढी, पहिरोको मात्रै समस्या छैन, भिरबाट खस्ने ठूल्ठूला ढुंगाको जोमिख सधैजसो हुने गरेको । त्यसैले बाह्रबिसेदेखि लिपिङसम्मका दर्जनौँ बस्तीका बासिन्दाको त्रास सधै रहने गरेको छ ।

यता मेलम्ची, हेलम्बू क्षेत्रमा वर्षात् हुने बित्तिकै बाढीको जोखिम त हुन्छ नै, हिउँदमा पनि सुख्खा पहिरोले उत्तिकै सताउँछ । पानी पर्ने बित्तिकै मेलम्ची खोलामा आउने बाढीले पिरोल्छ । दुई वर्षअघि एकैदिन घरबारविहीन बनेका मेलम्ची खोला आसपासका स्थानीयको बसाई त्रासपूर्ण छ ।

विपद्का दृष्टिले उच्च जोखिमको सूचीमा रहेको सिन्धुपाल्चोकमा स्थानीयलाई विपद्को पूर्वसूचना दिन जिल्ला विपत व्यवस्थापन समितिले तरामाराङ, मेलम्ची, बाहुनेपाटी र भोटेकोशीको झिर्पुमा साइरन राखेको छ । त्यस्तै भोटेकोशी गाउँपालिकाले वर्षा मापन केन्द्र सूचना प्रणाली पनि राखेको छ । तर अविरल वर्षाका कारण भोटेकोशी, मेलम्ची र ठाडोखोलाको बहाव बढ्न थालेपछि स्थानीयहरू त्रासमा दिन कटाइरहेका छन् । उनीहरूको पीडामा सरकार संवदनशील हुन नसक्दा बर्सेनि विपद्को सामना गर्न बाध्य छन् ।

Ads

सम्बन्धित पोष्टहरू