काठमाडौँ । भोलि(बुधबार) बस्ने प्रतिनिधिसभाको बैठकमा पनि एमालेले अवरोध गर्ने भएको छ । निरन्तर संसद बैठक अवरोध गर्दै आएको एमालेले बुधबारको बैठकमा एमसीसी पेस गर्ने तयारी गरिएका बेला अवरोध गर्ने भएको हो ।
पदमुक्त गरिएका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरेर एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ ।
एमालेको अवरोधकाबीच पनि सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि पेस गर्ने सम्भावना रहेको र आफ्ना केहि मागहरु पूरा नभएका कारण बैठका अवरोध गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्