Ads

दोस्रो टी–२० क्रिकेटमा भारत वेस्ट इन्डिजसँग पराजित


एजेन्सी । दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित भएको छ । पहिलो टी–२० मा भारत चार रनले पराजित भएको थियो । घरेलु टोली वेस्ट इन्डिजले दोस्रो खेलमा भने दुई विकेटको जित निकालेको हो । जितसँगै घरेलु टोलीले पाँच खेलको टी–२० श्रृङ्खलामा २–० को अग्रता लिएको छ ।

जितका लागि १ सय ५३ रनको लक्ष्य  पाएको वेष्ट इण्डिजले १८ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । वेष्ट इण्डिजका लागि निकोलस पुरनले ६७ रनको अर्धशतकीय पारी खेले । यस्तै, शीमोन हेटमेयरले २२, रोभमन पोएलले २१, अकेल हुसैनले १६ र कायल मेयर्सले १५ रन जोडे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । भारतका तिलक बर्माले ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै, ईशान किशनले २७ रन, हार्दिक पाण्डेले २४ र अक्षर पटेलले १४ रन बनाए । वेस्टइन्डिजका अकिल हुसैन, अल्जारी जोशेफ र रोमारियो शेफर्डले समान २र२ विकेट लिए ।

Ads

सम्बन्धित पोष्टहरू