Ads

उर्लिए काठमाडौका खोला, सतर्क रहन आग्रह


काठमाडौँ–काठमाडौँमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाको अधिकांश क्षेत्रमा भारी वर्षा भएको छ ।

जसले गर्दा काठमाडौँका नदी र साना खोलामा बाढीको जोखिम रहेको छ ।

विष्णुमती, धोविखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले बताएको छ ।

Ads

सम्बन्धित पोष्टहरू