काठमाडाैँ । सभामुख देवराज घिमिरेसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी छन्।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सभामुखसहित तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको हो।
प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध हटाउनेबारे छलफल भइरहेको हो।
एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरेर प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ।
संसदको अवरोध हटाउन सभामुख घिमिरेले पहल गरिरहेका छन्।
सोमबार पनि सिंहदरबार र नयाँ बानेश्वरमा सभामुखको कार्यकक्षमा सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस्