गणेश आचार्य
पनौती । काभ्रेको पनौती नगरपालिका वडा नं. ३स्थित घ्याल्कु खोलाको थालचौर नजिकै एक पुरुषको शव फेला परेको छ । गए रातीदेखि परेको अविरल वर्वाको कारण देशका विभिन्न भागमा खोलामा नालामा पानीको सतह बढेसँगै काभ्रेको पनौती–३ मा रहेको घ्याल्कु खोलामा बिहानको १० बजे उनको शव बिहान फेला परेको पनौती–३ का वडा सदस्य गणेश घिमिरेले जानकारी दिए ।
घटनास्थलमा उनको जन्मदर्ता समेत फेला परेको छ । सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–२ गोलचेका अन्तर ब भुजेलको नाति डिल ब. भुजेल रअन्त कुमारी भुजेलको ४२ वर्षिय छोरा कमल भुजेलको शव फेला परेको हो ।
बिगत ३–४ वर्षदेखि ज्याला मजदुरी गर्दै पनौती–३ घ्याल्कुका स्थानीयहरुको गोठमा बसि जीवन निर्वाह गर्दै आएको स्थानीयले बताए । शवलाई पोर्स्टमार्टमको लागि धुलिखेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यलयका डीएसपी रेशम बोहराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्