काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् भने छ सय ८० जना संक्रमित थपिएका छन् ।
सात हजार ९५ जनामा आरटीपीसीआर र एन्टीजेन परीक्षण गर्दा छ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
उपत्यकामा काठमाडौंमा १ सय ७०, ललितपुरमा २४ र भक्तपुरमा १५ जना नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ हजार ८ सय ८१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यसै अवधिमा एक हजार आठ सय ३५ जना संक्रमणमुक्र भएका छन् ।
नेपालमा हाल १९ हजार चार सय सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको हो । हाल सम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय दुई पुगेको छ ।
देशभरको औषत संक्रमण दर १८.२ प्रतिशत छ ।
प्रतिक्रिया दिनुहोस्