काठमाडौं । भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजारमा बाढी पसेपछि करौडौंको क्षति भएको छ । एक्कासी आएको बाढी तरकारी बजारमा पस्दा करौडौंको क्षति भएको व्यवसायीहरुले जनाएका छन् ।
बजारमा बाढी पसेपछि व्यसायीहरुले त्यहा रहेका फलफूल तरकारी तथा पानीले नभिजेका खाद्यान्नलाई सुरक्षित स्थानमा सारेका थिए ।
यद्दपी एक्कासी बाढी आएपछि अधिकाशं बस्तुहरु नष्ट भएको उनीहरुले गुनासो गरेका छन् । बल्खु तरकारी बजार रहेका तीन सय ५० भन्दा बढि पसलमा बाढी छिरेको उनीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्