Ads

एमसीसीको विरोधमा बुधबार नेपाल बन्दको घोषणा,पूर्वसन्ध्यामा मसाल जुलुस


काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा भोली नेपाल बन्द हुने भएको छ ।

विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा बुधबार (भोलि) नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् ।

यसैबिच नेपाल कम्युनिष्ट पार्टीसहितका ६ वटा राजनीतिक दलहरूले एमसीसीको विरोधमा भोली नेपाल बन्द आव्हान गरेपछि सरकारले कडा सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयले देशका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई कडा सुरक्षा अपनाउन निर्देशन दिएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्टिय अनुसन्धान विभागलाई निगरानी कडा पार्न र उच्च सकर्तता अपनाउन पत्रमार्फत निर्देशन दिइएको छ।

Ads

सम्बन्धित पोष्टहरू