काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सुन तस्करीलगायतका प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् ।
बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै पूर्वगृहमन्त्रीसमेत रहेका गौतमले सरकारले सिआईबीलाई अनुसन्धानको जिम्मेवारी दिएकाले तत्कालै समिति आवश्यक नहुने बताएका हुन।
उनले अहिले नै समिति गठन गर्दा देशमा नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए। सांसद गौतमले प्रधानमन्त्रीलाई हटाउने भए अविश्वासको प्रस्ताव लैजान पनि एमालेलाई चुनौती दिए।
‘उच्चस्तरीय छानबिन समिति गठन गरेपछि पनि क्षेत्राधिकार र कार्यदेशको प्रश्न उठ्नसक्छ र प्रधानमन्त्रीले समेत राजीनामा गर्नुपर्ने अवस्था आउन सक्छ । प्रधानमन्त्रीलाई नै हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याउन सुझाव दिन्छु’, गौतमले भने ।
सरकारले नै छानबिनका लागि समय माग गरेकाले पर्खनुपर्ने र त्यसपछि मात्रै उच्चस्तरीय छानबिन समिति माग गर्नुपर्ने उनको राय छ ।
प्रतिक्रिया दिनुहोस्