Ads

सीडीओको सूचनापछि रास्वपाले भन्याे :स्थानीय निकाय र सरोकारवालासँग समन्वय र अनुमति लिनू


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकका समस्या समाधान र सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवालासँग समन्वय र अनुमति लिन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

धबार दिउँसो विज्ञप्ति जारी गर्दै रास्वपा प्रवक्तासमेत रहेका महामन्त्री मुकुल ढकालले नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशन दिएका हुन्।

रास्वपाले हिजोदेखि ५० जनाको टोली उक्त सडक खण्ड व्यवस्थापन गर्न भन्दै खटाएको थियो ।

रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइहरूलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका विशुद्ध समाज हितका हेतुले उक्त टीम बनाएको प्रष्टिकरण दिएका छन् ।

‘अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र RAT जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य छ । अतः नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनु अघि स्थानीय निकाय र सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशानुसार RAT, पार्टी पंक्ति तथा सम्बन्धित सबैमा सूचित गराइएको जानकारी गराइन्छ ।’

Ads

सम्बन्धित पोष्टहरू