काठमाडौं । एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ ।
सवारी साधनहरु बिहानैदेखि निर्वाध चलिरहेका छन् । बजार पसल पनि खुल्ला छन् । ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको अघिल्ला दिनहरुको तुलनामा केही कम रहे पनि अवस्था सामान्य रहेको जनाएको छ ।
काठमाण्डौका विभिन्न स्थानबाट बन्द गराउँदै हिड्ने केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्