Ads

बाढी पिडीतहरु सडकमा पाल टाँगेर बस्न बाध्य


भजनी\ कैलालीको भजनीका बाढी पिडीतहरु सडकमा पाल टाँगेर बस्न बाध्य भएका छन् । नगरका दर्जनौ बस्तिका घर डुबानमा परेपछि अधिकांश स्थानीय बासिन्दा हुलाकी राजमार्ग छेउमा त्रिपाल टाँगेर बस्न बाध्य भएका हुन् । नगरपालिकाका अनुसार भजनीका वडा नं.३, ८, ५ र ७ का बस्तीहरु पानीले भरिएका छन् ।

मोहना, कन्द्रा, काँढा र पथरैया नदीमा आएको बाढी गाउँतिर पस्ता बस्ती डुबानमा परेको भजनीका नगरप्रमुख केबल चौधरीले बताएका छन् । उनका अनुसार भजन नगरपालिकाको आधाभन्दा धेरै भूभाग बाढीको जोखिममा र यो अहिलेको मात्रै समस्या होइन, प्रत्येक वर्ष नगरवासीले समस्या भोग्नु परेको छ । नदीमा जलसतह घट्नेबढ्ने भइरहेको छ । सम्भावित जोखिमबाट जोगाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा छ ।

घर डुबानमा परेपछि सडकमा आएको स्थानीयले बताएका छन् । ज्यान जोगाउन घर छाडेर सडक छेउमा त्रिपाल टाँगेर बसेका बस्नु परेको विस्थापितहरु बताउँछन् । तर ज्यान जोगाउन पाए पनि केहि पनि समान निकाल्न नपाएको पाल टाँगेर बसेका बिस्थापितहरुको भनाई छ । यहाँका बस्तिहरुमा हरेक वर्ष बाढीले अन्नपात बगाउने गरेको छ ।
बाढी प्रभावितलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले उद्धार गरेर सडक किनारमा राखेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू