Ads

फिफा महिला विश्वकपमा आजबाट क्वाटरफाइनलका खेल सुरु हुँदै


एजेन्सी । फिफा महिला विश्वकपमा आजबाट क्वाटरफाइनलका खेल सुरु  हुनेछन् । आज स्पेन र साबिक उपविजेता नेदरल्याण्ड्स तथा जापान र स्विडेनबीच खेल हुनेछ । स्पेन र नेदरल्याण्डबीचको खेल बिहान पौने ७ बजे न्युजिल्यान्डको विलिङटनमा सुरु हुने । स्पेन पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो भने नेदरल्यान्ड्स दोस्रोपटक पुगेको हो ।

तर यी दुई टिम विश्वकपमा पहिलोपटक खेल्न लागेका हुन् । विश्वकपबाहिर यी दुई टिम भेट हुँदा स्पेनको पक्षमा धेरै जित रहेका छन्। विश्वकपमा ४ पूर्व  च्याम्पियनमध्ये अन्तिम ८ मा पुग्ने जापान मात्र एक्लो टोली बनेको छ। आजै हुने अर्को खेलमा जापान र स्वीडेन पौने २ बजे आमने सामने हुनेछन् । एसियाको पावर हाउस जापानले पूर्व च्याम्पियन नर्वेलाई ३–१ गोल हराउँदै अन्तिम १६ बाटै घर पठाएको थियो ।

४ पटकको विजेता अमेरिकालाई प्रिक्वाटरफाइनलबाटै घर पठाएको स्वीडेन बलियो दाबेदारका रुपमा रहको छ । यी दुईबीचको खेल निकै रोमाञ्चक हुनेछ । पहिलो पटक ३२ राष्ट्र समावेश गरिएको यो विश्वकपमा एसियाबाट ६ टोलीको सहभागीता रहँदा जापान र घरेलु टोली अष्ट्रेलियामात्र क्वाटरफाइनल पुगे ।

Ads

सम्बन्धित पोष्टहरू