मोरङ । मोरङ सुन्दरहरैँचा नगरपालिका–४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिनुभएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।
मालती एक समयमा नेपालकै होची महिलाको रूपमा चर्चामा थिए । उनको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ । विसं २०५६ भदौ १८ गते जन्मिनुभएकी मालतीले २५ वर्षको उमेरमा नागरिकता पाएपछि निकै हर्षित देखिएको वडाध्यक्ष कैलाश बस्नेतले जानकारी दिए ।
नगरपालिकाले मासिक रु चार हजार भत्ता दिँदै आएको र उनकोे आर्थिक अवस्था पनि नाजुक रहेको छ। मालतीको परिवारलाई दिगो रोजगारी दिन सक्ने हो भने घर चलाउन सहज हुने वडासचिव अनिल पोख्रेलले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्