काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको ११औं चरण अन्तर्गत आज तीन खेलहरु हुने भएका छन् ।
दिउँसो १ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने सोहि समयमा एन्फा कम्प्लेक्स हुने खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा भिड्ने छन् ।
शीर्ष स्थानमा रहेको मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ भने सातदोबाटो १५ अंकका साथ छैटौं स्थानमा रहेको छ ।
यस्तै दशरथ रंगशालामा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच भिड्ने छन् । दोस्रो खेल पौने पाँच बजे सुरु हुनेछ । १० अंक जोडेको पुलिस दशौँ स्थानमा छ भने १७ अंक जोडेर थ्री स्टार चौंथो स्थानमा रहेको छ ।
१८ अंक जोडेको आर्मी लिगको तेस्रो स्थानमा रहेको छ भने हिमालयन १२ अंकका साथ आठौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्