Ads

डा.सुनिल शर्मालाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो


काठमाडाैँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई म्याद थपका लागि अदालत लगिँदैछ ।

​नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा पक्राउ परेका शर्मालाई शुक्रवार बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ ।

प्रहरी भ्यानमा सरकारी वकिलको कार्यालयमा पुर्‍याइएका शर्माले अभिवादन गर्दै निस्किएका थिए ।

एमबीबीएस अध्ययनका लागि आइएस्सीको नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा छानबिनका लागि उनलाई सीआइबीले बिहीवार काठमाडौंको गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू