Ads

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवनमा


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन गएका छन् । प्रधानमन्त्री शुक्रबार साँझ चितवन पुगेका हुन् । प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रचण्ड दुई दिनसम्म चितवनमा रहनेछन् ।

प्रधानमन्त्री दाहालले शुक्रबार साँझ पारिवारिक भेटघाटमा व्यस्त रहे । प्रधानमन्त्री दाहाल शनिबार पनि भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा  बस्नेछन् । श्रीमती सीताको निधनपछि प्रधानमन्त्री दाहाल पहिलोपटक चितवन आएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू