Ads

टाउको खोलामा, शरीर जंगमा भेटियो


सर्लाही । सर्लाहीमा विभत्स हत्या गरिएका व्यक्तिको पहिचान भएको छ । खोलामा टाउको र जङ्गलमा शरीर शनिवार भेटिएपछि उनको पहिचान भएको हो ।

शुक्रवार मात्रै परिवार आएर सनाखत गरेपछि मृतक भारतको सितामाढी मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राज रहेको प्रहरीले जनाएको छ । अभिषेकको टाउको काटिएको शरीर शनिवार साँझ लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौरदेखि पूर्वतर्फको जङ्गलमा फेला परेको हो ।

टाउको भने दुई दिनअघि सर्लाहीको लखन्देही पुलमुनि फेला परेको थियो । बिहीबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–४, सासापुरस्थित लखदेन्ही पुलमुनि युवकको काटिएको टाउको फेला परे पनि पहिचान खुल्न सकेको थिएन ।

राजमार्ग छेउमै फालिएको अवस्थामा युवकको सड्न लागिसकेको शरीर फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । एसपी सुवेदीले युवकको आपराधिक गिरोहबाट हत्या भएको हुन सक्ने अनुमान गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू