काठमाडौँ । आज(बुधबार) बसेको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेकपा एमालेको नाराबाजीकाबीच करिब ५ मिनेट बसेको बैठक फागुन ६ गते दिउँसो १ बजे बस्ने गरि स्थगित भएको हो ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् ।
तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पारित गरिएको छ ।
आजको बैठकमा एमसीसी टेबुल गर्ने तयारी भए पनि दलहरुबीच सहमति नजुटेपछि टेबुल हुन सकेन ।
प्रतिक्रिया दिनुहोस्