काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक भएको बताएका छन् ।
आइतबार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले एमालेले किन उच्चस्तरीय संसदीय छानबिन समिति माग्दै छ, त्यो विषयमा कांग्रेसले सोच्न आवश्यक भएको बताए ।
“प्रचण्डजीको निजी सचिवालयमा काम गर्ने अर्थ मन्त्रालयको व्यक्ति सात दिन पहिले राजस्व अनुसन्धानको डिजी भएर जानुहुन्छ, सुन समातिन्छ, त्यसपछिका घटनाहरु हेर्नुहोस्,” उनले भनेका छन्, “सीआईबीलाई किन दिनु पर्यो, हामी नै सक्षम छौँ छानिबन गर्न भन्नुभयो । त्यसकारण उच्चस्तरीय छानबिन समिति गठन हुन आवश्यक छ ।”
कांग्रेस नेता कोइरालाले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए ।
नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै सोच्यौं हामीले भन्दै नेतृत्वलाई प्रश्न गरेका उनले भने, ‘नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी छ ।’
“सुन हङकङ र चाइनाबाट आयो । यो तस्करी विषयमा नेपाल सरकराले उनीहरुलाई प्रश्न सोधेर लेखेर पठायो किन पठाएन ? हामीले यसमा कहिले सोच्यौँ,” शेखरको भनाइ उद्धृत गर्दै ती सांसदले भने, “एमालेले किन समिति मागिरहेको छ, त्यो सोच्यौँ ?”
शेखरले भारतमा एक हजार ४०० टन सुन खपत हुने र नेपालबाट मात्र चारदेखि ५०० टन सुन तस्करी भएर भित्रने बैठकमा बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्