काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय असहमतिका विषयमा कसैले धाकधम्की दिएर पास नहुने बताएका छन् । एमसीसीको विरुद्धमा नेकपा एकीकृत समाजवादीको भातृ संगठहरुले गरेको सडक आन्दोलनमा पुगेर खनालले उक्त कुरा बताएका हुन् ।
लाृेकतन्त्रमा कतिपय विषयमा वादविवाद हुने , नमिल्ने र बहस हुनु स्वभाविक भएको खनालले बताएका छन् ।
एमसीसीका बारेमा अहिले राष्ट्रिय सहमति नभएकाले कसैले जबरजस्ती गर्न नहुने बताएका हुन् । उनले भने, ‘कतिपय विषय नमिल्दा दशौं बर्षसम्म वहस हुने तर जबरजस्ती ठेल्न खोज्न नहुने । असहमतिका विषय कसैले जबरजस्ती गर्छु भनेर हुदैन । सहमति चाहिन्छ । त्यसको लागि दशौं बर्ष लाग्न सक्छ ।’
केहि दिन पहिला अमेरिकी विदेश मन्त्रीले नेताहरुलाई फोन गरेर एमसीसी पास नगरे राम्रो नहुने धम्की दिएको समाचार बाहिरीएका थिए । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालेपनि बुधबार एमसीसी टेबल हुने बताएका थिए । दुबैका भनाइ तर्फ इगीत गदै खनालले असहमतिका विषयमा जबरजस्ती गर्न नहुने बताएका छन् ।
एमसीसीको विरोधमा नेकपा एस पनि सडक आन्दोलनमा छ । बुधबार भएको सडक आन्दोलनमा आएका खनालले एमसीसी परिमार्जन हुनु पर्ने बताएका छन् । उनले भने ,‘सहमति नभएका विषयहरु परिमार्जन हुन्छन् । संशोधन हुन्छन् । अनिमात्र सहमति हुन्छ । एमसीसी पनि संशोधन हुनु पर्ने हुन्छ ।’
खनालले एमसीसीको विरोध संसदमा र सडक दुबै ठाउँमा हुने बताए । सञ्चारकर्मिहरुसंग कुरा गदै खनालले भने,‘ विरोध मज्जाले हुन्छ । सडकमा पनि हुनछ ,सदनमा पनि हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्