Ads

एमसीसी संसदमा टेबल हुनुपर्छ, सहमतिको प्रयास गर्छौंः कानूनमन्त्री बडू


काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले एमसीसी ६ गते बस्ने संसद बैठकमा टेबल हुने बताएका छन् ।

बुधबारको बैठकमा एमसीसी टेबल नभएपछि सञ्चारकर्मिहरुसंग कुरा गर्दै मन्त्री बडूले एमसीसी विवादबारे बहस गर्न पनि संसदमै लैजानुपर्ने बताए ।

यो संसदमा टेबल हुनुपर्छ,’ उनले भने, ‘संसद सार्वभौम संस्था हो । बाहिरको बहस टुंग्याउनका लागि पनि सदनमै जानुपर्छ ।’
यसबारेमा उठेका विषयहरु बारे पनि हमतिको प्रयास गर्ने बताए।

Ads

सम्बन्धित पोष्टहरू