Ads

अविरल वर्षाका कारण बर्दियाका दुई सय बढी घर डुबानमा


बर्दिया । बर्दियामा आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण यहाँको बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका विभिन्न स्थानका घरहरु डुबानमा परेका छन् ।

यहाँका दुई सयभन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।बारबर्दिया नगरपालिका–८ को औरी, भगतपुर र दुधवा गाउँका ४३ घर,  बाँसगढी नगरपालिका आठ, रेशमपुरमा ६० र वडा नम्बर ९ कुइनेठीको एक सय २० घरसहित जिल्लामा दुई सयभन्दा बढी घर डुबान भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए । उनका अनुसार डुबानबाट प्रभावितलाई स्थानीय विद्यालय भवनमा राखिएको छ।

Ads

सम्बन्धित पोष्टहरू