Ads

नक्कली डाक्टर भनेर पक्राउ गरिएकाको प्रमाणपत्र सक्कली भेटिएपछि…


काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका एक डाक्टरको प्रमाणपत्र सक्कली भएको फेला परेपछि उनलाई रिहा गरिएको छ । गत शुक्रबार अपरेशन ‘फोक्सट्रोट चार्ली’ का नाममा पक्राउ गरिएका  पिपरा गाउँपालिका–८, महोत्तरीका रञ्जिनकुमार यादवको प्रमाणपत्र सक्कली भएको फेला परेपछि उनी छुटेका हुन् ।

अहिले नक्कली डाक्टरविरुद्ध अभियान नै चलाएको सीआईबीले यादव सक्कली नै भएको थाहा पाएपछि थुनामुक्त गरेको जनाएको छ । नेपाल मेडिकल काउन्सिलले यादवको सक्कली प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई पठाएपछि रिहा गरिएको प्रहरीको भनाइ रहेको छ ।

कांग्रेस सांसद सुनिल शर्मासहितका डाक्टरहरुलाई सीआईबीले पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले शर्माको अनुसन्धानका लागि म्याद थप गर्न नमानेपछि उनी भोलीपल्टै छुटेका थिए भने यादव छुटेसँगै यो प्रकरणमा पक्राउ परेका अरु ६ जना हिरासतमा रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू