Ads

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको सुमो बीच बाटोमा दुर्घटना


काठमाडौं । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज ४७३३ नम्बरको सुपर लाली गुराँस सुमो दुर्घटना भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ ज्यामिरे डाँडामा उक्त सुमो दुर्घटना भएको हो ।

दुर्घटनामा सुमो चालकको खुट्टामा चोट लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सुमोमा सवार ९ जनाको अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले दिएको जानकारी अनुसार सुमोको ब्रेक फेल हुँदा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू