काठमाडौँ । सहिद स्मारक ‘वि’ डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुन १८ गतेदेखि सुरु हुने भएको छ । ‘वि’ डिभिजन लिगमा १४ वटा क्लबको सहभागिता रहने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
सहभागि हुने १४ क्लबहरु :
झम्सिखेल युथ क्लब, बाँसबारी क्लब, खुमलटार युवा क्लब, सामाजिक युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, छुरच वोइज युनाइटेड क्लब, नयाँबस्ती युवा क्लब, श्री कुमारी क्लब, टुसाल युवा क्लब, रानीपोखरी कर्नर टिम, ब्वाइज युनियन क्लब, मध्यपुर युथ एशोसियसन, श्री भगवती क्लब र सरस्वती युवा क्लब
खेलमा शीर्ष स्थान हासिल गर्ने दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् भने अन्तिमका दुई टोली रेलिगेसनमा पर्नेछन् ।
लिगको उद्घाटन खेलमा पहिलो दिन तीन वटा खेल हुनेछन् । जसमध्य पहिलो खेल झम्सिखेल युथ क्लब र श्री भगवती क्लवबीच हुनेछ । दोस्रो खेल बाँसबारी क्लब र सरस्वती युवा क्लबबीच हुने छ भने तेस्रो खेलमा वीरगञ्ज युनाइटेड र बोइज युनियन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्