काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गरेका छन् ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपराष्ट्रपति यादव चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उनी आज (सोमवार) चीन प्रस्थान गरेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड / सभामुख देवराज घिमिले लगायतले बिदाइ गरेका छन् ।
भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्