Ads

खोलाले बगाउँदा एक महिला बेपत्ता


बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा पर्ने रुडी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् ।स्वामीकार्तिक खावर–१ मुिक्तकोटकी ६५ वर्षीया गुवा विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रविन्द्रसिं कठायतले जानकारी दिए ।

उनका अनुसार कोल्टीबाट घर फर्किँदै  गर्दा रुडी खोला तर्ने क्रममा उनी बेपत्ता भएकी हुन् । खोलाले बगाएर बेपत्ता भएको जानकारी हुनासाथ जुड्डी प्रहरी चौकी र मुक्तिकोट अस्थायी प्रहरी पोष्टको टोली खटिई खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कठायतले बताए ।

Ads

सम्बन्धित पोष्टहरू