Ads

आध्यात्मिक गुरु चन्द्रेश महाराजको निधन


काठमाडौं । आध्यात्मिक गुरु स्वामी चन्द्रेश महाराजको निधन भएको छ । उनको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको हो । लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट पीडित स्वामी चन्द्रेश नियमित डायलासिस गराउँदै आएका थिए ।

हिजो राति बुढानीलकण्ठस्थित आश्रमबाट ह्याम्स अस्पतालमा डायलासिसका लागि उनी गएका थिए । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भारतको पश्चिम बंगालबाट लामो समयअगाडि नेपाल आएका स्वामी चन्द्रेशले बुढानीलकण्ठमा स्कुल सञ्चालन गर्नुका साथै विभिन्न आध्यात्मिक गतिविधिमा सामेल हुँदै आएका थिए ।

नेपालमा उनका थुप्रै शिष्यहरू छन् । उनको पार्थिव शरीरलाई आज दिउँसो बुढानीलकण्ठस्थित आश्रममै समाधिस्थ गरिने मित्रबन्धु पौडेलले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू