Ads

भीरबाट लडेर युवकको मृत्यु


हुम्ला । हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार उनको पानलोटी भिरबाट लडेर मृत्यु भएको हो ।

ढकाल गाईवस्तु चराउन अदानचुली र ताँजाकोटको बीच भागमा पर्ने पानलोटी खर्क गएका थिए । उनको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । ढकाल सोमबार साँझ अबेरसम्म घर नफर्केपछि खोजी गर्दा मङ्गलबार मृत भेटिएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू