Ads

नेप्से ३१.८० अंकले घट्यो, कारोबार रकम करिब दुई अर्ब


काठमाडौं । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ ।

आज नेप्से ३१.८० अंकले घटेर २०४५.४४ को बिन्दुमा झरेको छ । आज २७८ धितोपत्रको ५६ लाख तीन हजार १७९ कित्ता सेयर दुई अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.५७ प्रतिशतले घटेर ३९१.८४ को बिन्दुमा झरेको छ । आज १३ वटा उपसमूहमध्ये म्युचअल फन्ड उपसमूहको समूहगत सूचक बढेको छ । आज उक्त उपसमूहको समूगत सूचक २८.९० प्रतिशतले बढेको छ ।

अन्य १२ वटा उपसमूहको समूहगत सूचक भने घटेको छ । आज इमर्जिङ नेपालको सेयर मूल्य सर्वाधिक ५.१८ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार १६ रुपैयाँ कायम भएको छ । हिमालयन डिस्टिलरिजको सेयर मूल्य सर्वाधिक ७.६९ प्रतिशतले घटेको छ ।

Ads

सम्बन्धित पोष्टहरू