काठमाडौं । काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजको ल्यान्डिङको गियरको पाङ्ग्रा जाम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित बनेको छ ।
उक्त जहाज धावनमार्गबाट पार्किङमा लैजान समय लागेकोले विमानस्थलमा अवतरण हुनुपर्ने जहाज आकाशमै होल्ड भएका थिए ।
यस्तै उड्ने तयारीमा रहेका जहाज पनि ट्या्कसी वेमै रोकिएका थिए । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार दिउँसो ४ :२० देखि ५ बजेसम्म धावनमार्ग बन्द गरिएको थियो ।
अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । समस्या आएकाे एयर इण्डिया २१६ जहाजमा १७९ जना यात्रु थिए ।
प्रतिक्रिया दिनुहोस्