काठमाडौं, साउन ३० गते । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ५ र डिजेल र मट्टितेल प्रतिलिटरमा १४ रुपियाँ मूल्य वृद्धि भएको जनाएकाे छ ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७८ र डिजेल मट्टितेल १६७ पुगेको छ । बढेको मूल्य बुधबार एक बजेदेखि लागू भएको छ । ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
स्वचालित मूल्य प्रणाली अनुसार निगमले मूल्य बढाएको हो ।
प्रतिक्रिया दिनुहोस्