काठमाडौं । नेपाली कांग्रेस एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताएका छन् । कांग्रेस महामन्त्री थापाले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन कार्यक्रममा कांग्रेस फरक फरक कुरा गर्ने पार्टी नभएको बताए ।
उनले भने , ‘उनले प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी कांग्रेस होइन । कांग्रे एमसीसी पास गर्ने कुराका अडिग छ । सत्तामा हुँदा एउटा र प्रतिपक्षीमा हुँदा अर्को कुरा गर्दैन ।’
थापाले आफूलाई ठीक लागेको विषयमा कांग्रेस सँधै एउटै अडानमा रहने बताए । महामन्त्री थापाले भने, ‘बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन कांग्रेस । कांग्रेस सबै कुराको हेक्का राखेर आफ्नो अडानमा उभिन्छ ।’
प्रतिक्रिया दिनुहोस्