Ads

फिदिम-लुङरुपा सडक अवरुद्ध


फिदिम, निरन्तर भएको वर्षासँगै ठाउँ–ठाउँमा पहिरो र ढिस्को लड्दा पाँचथरको सदरमुकाम फिदिमदेखि रानिटार हुँदै लुङरुपा जाने सडक अवरुद्ध भएको छ।

उक्त सडकको फिदिम, रानिटार र लुङरुपा क्षेत्रमा एक दर्जन भन्दा धेरै ठुला र साना पहिरो लडेको फिदिम ७ का वडा सदस्य प्रदीप बास्कोटाले जानकारी दिए । पहिरोका कारण उक्त सडकमा सोमवार दिउँसो देखि नै सवारी आवागमन ठप्प भएको छ ।
गत जेठ महिनामा कालो पत्र गरिएको उक्त सडकको माथिबाट आएको पहिरोले बाटो अवरुद्ध हुनका साथै केही स्थानमा छेउ पनि छिनेकाले तत्काल सवारी आवागमन हुने सम्भावना न्यून रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू