काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको हितमा रहेको दाबी गरेका छन् ।
यो राष्ट्रको हितमा भएकाले पास गर्न पहल गरीरहेको पनि बताएका छन् ।
उनले नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तक बिहीबार बालुवाटारमा विमोचन क्रममा उक्त कुरा बताएका हुन् ।
एमसीसी पास गराउन पहला गरीरहेको र संसदमा टेबल भएपछि आउने नतिजा स्वीकार गरेर जाने बताए ।
‘पास फेल के हुन्छ थाहा छैन। हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौँ’, प्रधानमन्त्री देउवाले भने, ‘त्यसका लागि मैले पहल गरिरहेको छु।’
उनले एमसीसीका पक्षमा उभिन डराउन नहुने पनि बताए।
‘एमसीसीका पक्षमा उभिन डराउनु हुँदैन’, प्रधानमन्त्री देउवाले भने, ‘यो राष्ट्रको हितमा छ। हामी आफ्नो अडानमा उभिएर जानुपर्छ।’
आजै बिहान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएकोपछि ३ बजेलाई बस्ने भनिएको गठबन्धनको बैठक ५ बजेलाई सरेको छ ।
प्रतिक्रिया दिनुहोस्