Ads

भारतीय कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु


दमक,  झापाको कमल गाउँपालिका ५ स्थित पाडाजुङ्गी सडकखण्डमा  सडक दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।पश्चिमतर्फ तीव्र गतिमा आउदै गरेको भारतीय कार र विपरित दिशाबाट जादै गरेको मोटरसाईकल एकापसमा ठोकिदा मोटरसाईकलमा सवार कमल ४ का ६८ बर्षिय शान्तिराम खनाल (डोरप्रसाद )को ज्यान गएको हो । ठक्करबाट गंभीर घाईते उनलाई अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गएको थियो ।

ठक्कर दिने भारतीय विआर ११ एपी ४१४१ नम्बर प्लेटको कारसहित त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए ।

Ads

सम्बन्धित पोष्टहरू