काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच बुधबार भेटवार्ता भएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको विषयलाई लिएर भेटवार्ता भएको बताइएको छ ।
बुधबार साँझ प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री देउवाले सत्तागठबन्धनमा एमसीसीका विषयमा भएको मतभिन्नता, सडक प्रदर्शन र सहमति खोज्ने प्रयास जारी राखेको बताएका बालुवाटार स्रोतले बताएको छ । एमसीसीबारे निर्णय लिने समय सकिन लागेकाले अब समय बढाउन सकिन्छ छ कि सकिदैन भन्ने विषयमा पनि कुराकानी भएको बताईएको छ ।
राजदूत बेरीसँगको भेटपछि बिहीबार बिहानै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा बालुवाटारमा कुराकानी भएको छ ।
मसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गराउने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद छ । सरकारले प्रतिनिधिसभाको बैठकमा टेवल गर्ने प्रस्ताव गरेपछि त्यसको विरोधमा सत्ताघटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता नै सडकमा उत्रिएका थिए ।
सत्तारुढ दलबाटै विरोध भएपछि प्रधानमन्त्री देउवा पछि हटेका छन्। तर प्रधानमन्त्री र राजदूतबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्