काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेकाे ६० केजी ७१६ ग्राम सुन प्रकरणमा प्रहरीले थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले ती चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको हो।
पक्राउ परेका ती चारैजना चिनियाँ नाम प्रहरीले खुलाइसकेको छ। उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदातलमा उपस्थित गराइएको छ।
उक्त सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई बुझाइसकेको छ।
प्रतिक्रिया दिनुहोस्