Ads

जे एण्ड जे खोप लगाएका व्यक्तिले पनि बुस्टर डोज लगाउन मिल्ने


काठमाडौँ । ज्यान्सेन(जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि ६ महिनापछि बुस्टर डोज लगाउन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

दुवै खोप लगाएको ६ महिना पुरा भएकाहरुलाई बुस्टर डोज प्रदान गर्ने भनी सबै जिल्लामा मन्त्रालयले पहिले नै परिपत्र गरेको थियो । मन्त्रालयको परिपत्र पाएसंगै विभिन्न जिल्लाहरुबाट जे एण्ड जे खोप लगाएकाहरुलाई के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले एक सूचना जारी गर्दै उनीहरुलाई पनि बुस्टर डोजको मात्रा लगाउन मिल्ने स्पष्ट पारेको हो ।

जे एण्ड जे खोप लगाएका व्यक्तिहरुलाई पनि ६ महिनापछि उपलब्ध भएमा सोही खोप र नभएका् खण्डमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन मिल्ने सूचनामा उल्लेख गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू